PahiloPost

Jun 24, 2025 | १० असार २०८२

देश दौडाहाको दोश्रो दिन दमक र धरानमा 'संरक्षण' युनिट



पहिलोपोस्ट

देश दौडाहाको दोश्रो दिन दमक र धरानमा 'संरक्षण' युनिट

फिल्म 'संरक्षण'को प्रचार प्रसारका लागि युनिट अहिले देश दौडाहामा निस्किएको छ। कार्यक्रमको दोश्रो दिन धरान र दमकमा पत्रकार सम्मेलन गर्योमर त्यसअघि युनिटले इटहरी र बिराटनगरमा प्रेस सम्मेलन आयोजना गरी फिल्म बारे जानकारी गराएको थियो।

साउनको २७ गतेबाट प्रदर्शनमा आउने फिल्म संरक्षण युनिट नायिका मलिना जोशी , आशिष्मा नकर्मी लगायत प्रमुख कलाकार, निर्देशक पुर्णेन्दु झा र निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्किएका हुन्। आयोजित सम्मेलनहरुमा फिल्म निर्माण युनिट र कलाकारले पत्रकारहरुसँग अन्तरक्रिया गरे।

संरक्षणले जन आन्दोलन २०६२/६३ पछि सिर्जना भएको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा हो। जहाँ पहाडी, मधेशी र थारु समुदाय बिचको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्धलाई चित्रण गरिएको बताइएको छ। फिल्मको सेटिङ मधेस हो।

फिल्म एकसाथ देशभरका ७५ सिनेमा घरहरुबाट प्रदर्शनमा आउने निर्देशक पूर्णेन्दु झाले जानकारी दिए। फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अगरहरी, कामेश्वर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, निर्देश श्रीवास्तव, राज कटुवाल तथा सुशान्त श्रेष्ठको अभिनय रहेको छ।

फिल्मको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झाले लेखेका हुन्। डाक्टर कृष्ण हरि बराल, दर्मेंद्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको फिल्मको गीतलाई प्रभेस मलिकले संगीत दिएका छन्। संरक्षणलाई पुरुषोत्तम प्रधानकले खिचेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell