
काठमाडौंः नायिका रेखा थापाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) मा प्रवेश गरेकी छन्।
थापाले निर्वाचन आयोगमा पुगेर सनाखत गर्दै आफू राप्रपा (प्रजातान्त्रिक) तर्फ रहेको खुलाएकी छन्। उनी गएसँगै राप्रपा (प्रजातान्त्रिक) तर्फ केन्द्रीय सदस्यको संख्या ६५ पुगेको छ ।