PahiloPost

Jun 24, 2025 | १० असार २०८२

जोहन गाम्पर ट्रफी : बार्सिलोनाले चापाकोएन्सलाई हरायो



पहिलोपोस्ट

जोहन गाम्पर ट्रफी : बार्सिलोनाले चापाकोएन्सलाई हरायो

स्पानिस क्बल बार्सिलोनाले जोहन गाम्पर ट्रफीमा ब्राजिलियन क्लब चापाकोएन्सलाई पराजित ५२औं संस्करणको उपाधि जितेको छ।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाले चापाकोएन्सलाई ५-० ले हरायो। 

बार्सिलोनालाई सहज जित दिलाउन जेरार्ड डेउलोफेउ, सर्जियो बुस्केट, लियोनल मेसी, लुइस सुवारेज र डेनिस सुवारेजले एक एक गोल गरे।

चापाकोएन्स त्यही क्लब हो जसका अधिकांश खेलाडी गत वर्ष नोभेम्वरमा विमान दुर्घटनामा निधन भएका थिए।


कोलम्वियामा भएको उक्त दुर्घटनामा ७१ जनाको निधन चएको थियो जसमा क्लबका खेलाडी अफिसियल हरु समेत थिए।
त्यही दुर्घटनापछि नै बार्सिलोनाको उनीहरुको सम्मानमा चापाकोएन्सलाई गाम्पर ट्रफी खेल्न बोलाएको थियो।

यस संस्करणको खेलमा जित हारले भन्दा पनि भावनात्मक रुपमा महत्वपूर्ण रह्यो। चापाकोएन्सलाई यस सिजन अन्य क्लबहरुले लोनमा खेलाडी पठाएको छ भने विमान दुर्घटनामा बाँचेका तीन खेलाडी एलान रुचेल, नेटो र गोलरक्षक ज्याक्सन फलमन यस खेलका लागि सहभागि थिए। फलमनको एउटा खुट्टा काटिएको छ भने रुचलले चापाकबोएन्सको कप्तानी गरेका थिए। 

गत नोभेम्वरको दुर्घटनापछि पहिलो पटक मैदानमा कमब्याक गरेका रुचलले ३५ मिनेट खेले। 

चापेकोएन्सी गाम्पर ट्रफिमा सहभागि हुने छैटौं ब्राजिलियन टोली हो। यसअघि सहभागी पाँच क्लबमध्ये ब्राजिलियन टोली इन्टरनासिओनालले मात्र उपाधि जितेको थियो। त्यसबाहेक ब्राजिलबाट फ्लेमेङ्गो, भास्को डि गामा, बोटाफोगो र सान्तोसले पिन यस ट्रफि खेलेको थियो।

यस्तै खेल अघि बार्सिलोनाको नयाँ प्रशिक्षक एर्नेस्ट भलभर्डले फ्यानहरुलाई सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell