PahiloPost

Jun 24, 2025 | १० असार २०८२

'सिने सर्कल अवार्ड'मा जात्रा बन्यो उत्कृष्ट फिल्म



पहिलोपोस्ट

'सिने सर्कल अवार्ड'मा जात्रा बन्यो उत्कृष्ट फिल्म

काठमाडौं: ‘एलजी सिने सर्कल अवार्ड २०७४’ सम्पन्न भएको छ। सोमबार आर्मी अफिसर्स क्लबमा आयोजित अवार्ड कार्यक्रममा ‘जात्रा’ उत्कृष्ट घोषित भएको छ। कार्यक्रममा २२ विधामा फिल्म र फिल्मकर्मीलाई अवार्ड सहित द्वन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यमा कलाकार एवं अन्य फिल्मकर्मीलाई अवार्ड हस्तान्तरण गरियो। आयोजकले फिल्म ‘माइतीघर’ युनिटलाई विशेष सम्मान गर्योय। जसका लागि भारतबाट फिल्मका नायक सीपी लोहनी र नायिका माला सिन्हा नेपाल आएका छन्।


फोटो: शम्भु राजवंशी

कसले जीते कुन अवार्ड? यस्तो छ सूची: 

उत्कृष्ट पोष्टर: सुन्दर श्रेष्ठ (छक्कापञ्जा)

उत्कृष्ट ट्रेलर: सुरेन्द्र पौडेल (लुट २)

उत्कृष्ट स्टन्ट: राजु तामाङ (जय परशुराम)

वर्षको पपुलर गीत: ठमेल बजार (लुट २)

वर्षको सर्वाधिक व्यापार गर्ने फिल्म निर्देशक: दिपाश्री निरौला

उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः बिजुली मेशिन (नविन अवाल)

उत्कृष्ट भीएफएक्स: सत्यम राना/सुदिप आचार्य (जय पर्शुराम)

उत्कृष्ट कोरियोग्राफर: कविराज गहतराज (छक्कापञ्जा)

उत्कृष्ट एक्सन संयोजक: हिमाल केसी (के म तिम्रो होइन र)

उत्कृष्ट संगीतकार: कालिप्रसाद बाँस्कोटा (पुरानो डुंगा)

उत्कृष्ट पार्श्व गायक: युवराज चौलागाई (पलाँस)

उत्कृष्ट पार्श्व गायिका: मिना निरौला (लुट २)

उत्कृष्ट ध्वनी मिश्रण: शैलेश श्रेष्ठ (गाजलु)

उत्कृष्ट सम्पादन: अर्जुन जिसी (विरविक्रम)

उत्कृष्ट जोडी: माओत्से गुरुङ र मेनुका प्रधान (पुरानो डुंगा)

पपुलर अभिनेत्री: प्रियंका कार्की (छक्कापञ्जा)

पपुलर अभिनेता: दीपकराज गिरी (छक्कापञ्जा)

उत्कृष्ट पटकथा: प्रदिप भट्टराई (जात्रा)

उत्कृष्ट अभिनेता: विपिन कार्की (जात्रा) उत्कृष्ट

अभिनेत्री: वर्षा राउत (जात्रा)

उत्कृष्ट निर्देशक: प्रदिप भट्टराई (जात्रा)

उत्कृष्ट चलचित्र: जात्रा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell