PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

बाबुरामलाई भेट्न अस्पताल पुगेका प्रचण्डले भने–अब छिट्टै नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ



रासस

बाबुरामलाई भेट्न अस्पताल पुगेका प्रचण्डले भने–अब छिट्टै नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ

भक्तपुर :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ। 

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न मध्यान्ह अस्पताल पुगेका प्रचण्डले भने,‘भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ।’ 

भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टा छुट्टै छलफल भएको थियो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell