PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

खानी तथा भूगर्भ विभागले गर्‍यो काम नगर्ने ३९ खानीको प्रमाणपत्र रद्द



रासस

खानी तथा भूगर्भ विभागले गर्‍यो काम नगर्ने ३९ खानीको प्रमाणपत्र रद्द

काठमाडौँ :  खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ। 

विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो। विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिए। 

दुई सय सात खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६ खानी उत्खनन प्रमाणपत्र नवीकरण र सात नयाँ खानीलाई उत्खनन प्रमाणपत्र प्रदान गरेको छ भने ८० खानीको वातावरणीय अनुगमन तथा निरीक्षण गरेको छ।

प्रवक्ता झाका अनुसार खानी, वन तथा जिल्ला विकास समितिबीचमा ऐन कानूनका केही दफा बाँझिएका कारण खनिजजन्य उद्योग प्रवद्र्धन गर्न समन्वयको अभाव भएको छ। 

उनले युरेनियम ऐन र कानूनको अभावका कारण काम गर्न समस्या भएको बताए। विभागले नवलपरासीमा धौवादी फलाम अन्वेषण, मुस्ताङमा युरेनियम अन्वेषण, काठमाडौँमा प्राकृतिक ग्यास अन्वेषण, उदयपुरमा तामाखानी, धादिङ, मकवानपुर, अर्घाखाँची, महोत्तरी र सर्लाहीमा चुनढुंगा अध्ययन, बैतडी, अछाम, सुर्खेत, लमजुङलगायत जिल्लामा भौगर्भिक नक्साङ्कन गरिएको, तनहुँ, पाल्पा, स्याङ्जालगायत जिल्लामा खनिजजन्य उद्योग प्रवद्र्धन गर्ने कार्य गरेको छ। 

बझाङमा फस्फोराइट अन्वेषण र बैतडीमा फलाम तथा तामा अध्ययन, निर्माणमुखी खानीको लागि विद्युत् प्रसारण लाइन विस्तार गरिएको विभागले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell