काठमाडौं: गाईजात्रा पर्व सुरु हुनु केही दिन देखि हास्य व्यङ्ग्य कार्यक्रम आयोजना हुँदै आएका छन्। यो वर्षको लागि पनि नेपाली हास्यकलाकारहरुले गाइजात्रा पर्वको अवसरमा कार्यक्रम आयोजना गरेको छ।
‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’ नाम दिइएको कार्यक्रम साउन २४ गतेकाट सुरु भएको हो। कार्यक्रम मङ्गलबार राजधानीको प्रज्ञा भवन कमलादीमा सुरु भएको छ। हास्य कलाकारहरुको प्रत्यक्ष प्रस्तुतिमार्फत मनोरञ्जन दिने कार्यक्रमको मुख्य उदेश्य रहेको कलाकार किरण केसीले बताए।
कार्यक्रममा कलाकारहरुले विद्यमान राजनीतिक तथा सामाजिक विकृतिहरुलाई व्याङ्ग्यात्मक आलोचना गरी सुधार गर्न दवाव दिने उनको तर्क छ। कार्यक्रम साउन २४ गतेबाट भाद्र ३ गते सम्म चल्ने जानकारी दिइयो।
यस वर्षको गाइजात्रा विशेषको मुख्य कलाकारहरुमा दीपकराज गिरी, शिवहरि पौडेल, किरण के.सी., मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेती, पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि बैरागी, सविता गुरुङ, निरज नेपाल, कविता शर्मा, सरिस्मा मगर लगायत रहनेछन्।