PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रधानन्यायाधीश पराजुलीले भने– अब एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्



रासस

प्रधानन्यायाधीश पराजुलीले भने– अब एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्

पोखरा : प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्। 

आफ्नो सम्मानमा छोरेपाटनस्थित गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि प्रधानन्यायाधीश पराजुलीले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको जानकारी दिए।

उनले अब एक वर्ष म्याद काटेका मुद्दा कुनै पनि उच्च अदालतमा नहुने पनि बताए।

कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीलाई गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले अभिनन्दनपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell