PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

केन्यामा राष्ट्रपति चयनका लागि मतदान सुरु



रासस

केन्यामा राष्ट्रपति चयनका लागि मतदान सुरु
फोटो श्रोतः cnn.com

नैरोबी :  केन्यामा मङ्गलबार राष्ट्रपति छनोटका लागि मतदान सुरु भएको छ। आगामी राष्ट्रपतिका लागि हालका राष्ट्रपति उहुरु केन्याटा र उनका प्रतिद्वन्द्वी राइला ओडिङ्गाको बीचमा कडा प्रतिश्पर्धा रहेको बताइएको छ। 

मतदान तुलनात्मक रुपमा सामान्य रुपमा सुरु भएको जनाइएको छ। यहाँ निर्वाचनका कारण हिंसा भड्किने त्रास रहेको बताइएको थियो। 

बिगतका निर्वाचनमा हिंसा भड्किएर सयौँ नागरिकको ज्यान जाने गरेकाले कडा सुरक्षा व्यवस्था अपनाइएको जनाइएको छ। 

केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ। धेरै मतदताहरुले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन्। 

मतदान सुरु हुनु भन्दा केही घण्टा अघि नै राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै आदिवासी किकुयु जातिका नेता एवम् राष्ट्रपति उहुरु केन्याटाले मतदाताहरुलाई धम्की र हिंसाको दबाबमा नपर्न आग्रह गरेका थिए।  

निर्वाचनमा जसले जित हात पारे पनि एकवद्ध हुनुपर्ने भन्दै उनले निर्वाचनमा संयमता अपनाउन बारम्बार आग्रह गरेका छन्। 

निर्वाचनमा १ करोड ९० लाख भन्दा बढी मतदाताले मतदानका लागि नाम दर्ता गराएका छन्। अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि १ हजार ३०० को मृत्यु हुनुको साथै अन्य ६ लाख विस्थापित हुनु परेको थियो।रासस/सिन्हवा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell