PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मुलकी ऐन संशोधन गर्न बनेको विधेयक छिटै पारित हुन्छः कानुन मन्त्री 



पहिलोपोस्ट

मुलकी ऐन संशोधन गर्न बनेको विधेयक छिटै पारित हुन्छः कानुन मन्त्री 

पोखरा :  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताएका छन्।

नेपाल महिला संघको ७० औँ स्थापना दिवसका अवसरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले लामो समयसम्म पुरानो मुलुकी ऐन सञ्चालनमा आइरहेका कारण समसामयिक परिवर्तन समेतलाई आत्मसात् गरी नयाँ ऐन ल्याउन लागिएको जानकारी दिए। 

उनले सकेसम्म भोलि नै संसद्बाट सो सम्बन्धी विधेयक पारित हुने र आवश्यक अन्य कानुन पनि चाँडो ल्याउने गृहकार्य भइरहेको बताए। 

संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन सम्पन्न हुनुआवश्यक भएकामा जोड दिँदै मन्त्री थापाले निर्धारित समयभित्रै सबै निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell