PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

पार्टी फुटाउन सरकार नै लाग्यो, हाम्रो समर्थन फिर्ता : कमल थापा



पहिलोपोस्ट

पार्टी फुटाउन सरकार नै लाग्यो, हाम्रो समर्थन फिर्ता : कमल थापा

 काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलार्इ दिएको समर्थन फिर्ता लिएको छ। 

बुधबार पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष कमल थापाले चार कारण खुलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका हुन्। उनले भने, ' राप्रपालाई विभाजित गर्ने कार्यमा परोक्ष भुमिका खेलेको तथा अात्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई राप्रपाले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं ।'

पार्टी फुटाउन अहम् भूमिका खेलेको तथा राजपालार्इ बेवास्ता गरेको, बुढीगण्डकी सम्झौता र आयल निगमको भ्रष्टाचारलार्इ आधार बनाउँदै शेरबहादुर देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष थापाले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell