PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बिम्स्टेक महासचिव सुमिथ नाकनदला राजधानीमा



रासस

बिम्स्टेक महासचिव सुमिथ नाकनदला राजधानीमा
फोटो : http://www.dhakacourier.com.bd

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव सुमिथ नाकनदला आज अपराह्न काठमाडौं आइपुगेका छन्। 

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको मन्त्रीस्तरीय बैठक र उक्त संगठनका सदस्य मुलुकका विदेश÷परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम)को बैठमा भाग लिन उनी काठमाडौं आएका हुन्। 

साउन २६ गते राजधानीमा एसओएमको १८औँ बैठक र २७ गते १५औँ मन्त्रीस्तरीय बैठक हुँदैछ। बिम्स्टेक सचिवालय बंगलादेशको राजधानी ढाकामा छ। 

२० वर्षअघि स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगालादेश, श्रीलंका, म्यान्मा र थाइल्याण्ड सदस्य छन्। नेपाल उक्त संगठनको अध्यक्ष हो। सन् २०१४ मा नेपालले त्यसको अध्यक्षता ग्रहण गरेको हो ।  

दुवै बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए। 

साथै, बैठकले बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको चौथो शिखर सम्मेलनको मिति टुंगो लगाउने अपेक्षा गरिएको उनले बताए। यसअघि म्यान्माको राजधानी नेपिटोमा तेस्रो शिखर सम्मेलन भएको थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बिम्स्टेक महासचिवले सामूहिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell