PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

पेस्तोलसहित तनहुँमा दुई जना पक्राउ



रासस

पेस्तोलसहित तनहुँमा दुई जना पक्राउ

तनहुँ : तनहुँको दमौली बजारबाट आज प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा व्यास नगरपालिका–१० का रवीन्द्र विन्द्र गिरी र लमजुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन्। 

शिवराज गिरीले चलाएको ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्वीराजमार्ग सडकखण्डमा सुरक्षामा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट अमेरिकामा निर्मित ७१७१ नं। लेखिएको नाइन एमएम पेस्तोल एक थानबरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell