काठमाडौं: देशमा बढ्दो बेथितिको बिरुद्ध युवाहरुले सांकेतिक आन्दोलन सुरु गरेका छन्। बाजागाजा सहितको सांकेतिक आन्दोलन मङ्गलबार बसन्तपूर परिसरबाट सुरु भएको छ।
एकहप्ता लामो समय चल्ने आन्दोलनको पहिलो दिन युवाहरुले विभिन्न प्रकारका बाजाहरु बेसुर, बेतालमा बजाए। 'हामीलाई बाजा बजाउन आउँदैन तर हामीले जानी नजानी बाजा बजाएका छौं। जुन न सुरको छ न तालको', आन्दोलनमा बाजाको प्रयोग बारे अभियन्ता सुदाम सिकेले भने,'देशमा कुर्सी र पदको अवस्था यस्तै छ। नजान्ने, नबुझ्ने ठाउँमा छन्। त्यसैले पनि बेथिति बढ्दो छ।' सिकेले आफूहरु यस्तै समाज र सरकारको यस्तै नकारात्मक पक्षहरुको बिरोधमा उत्रिएको बताए।
सदेश प्रवाहको व्यङ्ग्यात्मक अभियान बसन्तपूर दरबार स्क्वायर परिसरबाट सुरु भएको आन्दोलन भक्तपूर, पाटन लगायत काठमाडौंको विभिन्न शहरमा आयोजना गरिने जानकारी दिइएको छ। अभियानको दोस्रो दिन पाटन क्षेत्रमा साँझ ५:३० बजेबाट बाजा बजाउने कार्यक्रम रहेको अभियन्ता टिकाराम खड्काले बताए।