PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

चीनमा ७.० म्याग्च्यिुडको भूकम्प



रासस

चीनमा ७.० म्याग्च्यिुडको भूकम्प

चीन : चीनको सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ। 

स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ। 

भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ। 

भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे केही जनाइएको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell