PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकः साउन २९ गतेभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन



रासस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकः साउन २९ गतेभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन

काठमाडौँ : नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ। 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश नं २ मा आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तय गरिसक्न पार्टीका स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो। 

काँग्रेसले यसअघिको पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको परिपत्रबमोजिम प्रक्रिया पूरा गरी टुङ्गो लगाएर साउन २९ गतेभित्र उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं २ का आठवटै जिल्ला पार्टी निकायलाई निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ। 

बैठकमा तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकले विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell