PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई



पहिलोपोस्ट

साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई

काठमाडौँ: यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ।

नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए। पुरस्कारको राशी दस हजार रुपैयाँ रहेको छ।

साहित्यकारहरु प्रा जगतप्रसाद उपाध्याय, लेखनाथ गुरागाईं र जयन्ती सत्याल रहेको छनोट समितिले सो पुरस्कारका लागि कवि श्यामलको नाम सिफारिस गरेको हो।

विसं २०३९ मा स्थापित सो संस्थाले २०४२ देखि वार्षिक रुपमा पुरस्कार प्रदान गर्दै आएको छ।

यसैगरी साहित्यकार नर्मदेश्वरी सत्याल र मदन सत्यालको नाममा स्थापित रु दस हजारको छात्रवृत्ति मनोहर मावि, काठमाडौँको कक्षा १२ मा अध्ययनरत सविता रानालाई प्रदान गरिने अध्यक्ष विनयले जानकारी दिए। ती पुरस्कार आउँदो भदौ ३ गते प्रदान गरिनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell