PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रहरी कार्यालय जान आरोपीले नै गरे हेलिकोप्टर चार्टर



पहिलोपोस्ट

प्रहरी कार्यालय जान आरोपीले नै गरे हेलिकोप्टर चार्टर

सोलुखुम्बु: आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन्।

आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी ल्याइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

आरोपित राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ भने मृतक विकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ। गत शुक्रबार खुम्जुङमा व्यवसाय गर्ने राईले आफ्नै घरमा काम गर्ने विकलाई कुटपिट गरेपछि उपचारका लागि स्वास्थ्य केन्द्र लगिएको थियो। विकको उपचारको क्रममा शनिबार ज्यान गएको थियो।

नाम्चेबाट सदरमुकाम आइपुग्न कम्तीमा तीन दिन पैदल हिँड्नुपर्ने र शव परीक्षणका लागि ल्याउन त पाँच दिनसम्म लाग्ने भएकाले बोक्ने मानिस नपाइने र वर्षातका कारण बाटो पनि निकै अप्ठ्यारो भएकाले सहजताका लागि आरोपित राईले नै हेलिकोप्टर चार्टर गरेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell