PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

रसुवामा पहिरोमा पुरिएका चारै जनाको शव निकालियो



पहिलोपोस्ट

रसुवामा पहिरोमा पुरिएका चारै जनाको शव निकालियो

नुवाकोट: रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेटिएको छ।

आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार साँझ भेटिएको हो। सुरक्षाकर्मीसहितको उद्दार टोलीले स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर ७५ वर्षका थापामगरलाई पहिरोले पुरिएको उनको घरबाट शव निकालेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिए। पहिरोमा परेका अन्य तीनजनाको शव सोमबार नै निकालिएको थियो।

पहिरोमा परेर धर्मबहादुरसहित उनकी बुहारी ३३ वर्षकी मुना, नाति चार वर्षका रवीन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटीको मृत्यु भएको हो। घाइते भएका चारजनाको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ।

पहिरोपछि घर पुरिएका १५ परिवार र जोखिममा रहेका १२ परिवार गरी २७ परिवारलाई उद्धार गरी नुवाकोटको शान्तिबजारमा रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आवासगृहमा स्थानान्तरण गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell