PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मृतावस्थामा भेटिएका चेपाङको हत्या भएको खुलासा, तीनजना पक्राउ



पहिलोपोस्ट

मृतावस्थामा भेटिएका चेपाङको हत्या भएको खुलासा, तीनजना पक्राउ

रत्ननगर: चितवनको इच्छाकामना गाउँपालिका–१ का ५५ वर्षीय हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिए। व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

यही साउन २१ गते उनलाई सोही गाउँपालिकाको डुकराङस्थित मकैबारीमा मृत फेला पारिएको थियो। अनुसन्धान गर्दै जाँदा उनलाई साउन १८ गते राति धनबहादुर चेपाङसहित मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले घाँटीमा डोरीले कसी कुटपिटपछि हत्या गरेर भिरबाट फालेको पाइएको प्रहरीले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–१, जैते बस्ने २९ वर्षका रमेश चेपाङ, सोही गाउँका १९ वर्षीय सन्देश चेपाङ र ३० वर्षका धनबहादुर चेपाङ पक्राउ परेका छन्।

दुई जनालाई यसअघि नै पक्राउ गरिएको र फरार हुँदै आएका धनबहादुरलाई भने मंगलबार पक्राउ गरी अनुसन्धान थालिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell