PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

शिलन्यास भयो रक्षा मन्त्रालयको भवन, तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य



पहिलोपोस्ट

शिलन्यास भयो रक्षा मन्त्रालयको भवन, तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य
तस्बिर: प्रधानमन्त्रीको ट्वीटरबाट

काठमाडौँ: २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रक्षा मन्त्रालयको नयाँ भवन निर्माण शिलन्यास भएको छ। राज्यको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका अधिकांश भवनमा भूकम्पले क्षति पुर्‍याएको भए पनि अन्य भवन निर्माणको प्रक्रियाले प्राथमिकता पाउन सकेको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान मन्त्रालयको नयाँ भवन शिलन्यास गरेका हुन्। कानुन मन्त्रालयको पछाडि रहेको खाली जग्गामा मन्त्रालयको भवन निर्माण हुँदैछ।

भूकम्पले भवन बस्न नसक्ने गरी क्षतिग्रस्त भएपछि रक्षा मन्त्रालयको काम कारबाहीसुरक्षा परिषदको सचिवालयबाट हुँदै आएको थियो। 

नेपाली सेनाको क्याभलरी रहेको स्थानमा भवन निर्माण गर्न लागिएको हो। क्याभलरीको आधा जग्गा सरकारले सर्वोच्च अदालतलाई दिएको छ। बाँकी आधा जग्गामा मन्त्रालयको भवन बन्न लागेको हो। क्याभलरी अन्यत्र सार्ने सरकारले जग्गा व्यवस्थापन गर्ने सर्तमा सेनाले उक्त जग्गा मन्त्रालय र अदालतलाई दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell