
शाहरुख खान, सलमान खान र आमिर खान बलिउड फिल्मका ट्रोइका हुन् जसमाथि फिल्मका व्यापारीको सधै भरोसा हुने गर्छ। यी तीनका फिल्म धेरैजसो पर्व ताकेर रिलिज हुन्छन् र ब्लकवस्टर्डमा दर्ता हुन्छन्। अथवा, हुने गर्थे। सन् २०१७ को ७ महिना पूरा भइसकेको छ, आमिरको यो योग्यता अझै परीक्षण हुन बाँकी नै छ।
सलमान खानको ट्युबलाइटले जस्तै शाहरुखको जव ह्यारी मेट सेजलले फिल्मका ट्रेडर्सलाई निरुत्साहित नै गर्यो। टिकेटका झ्यालमा मानिसको घुइँचो लागेन। फिल्म अझै चलिरहेकै छ तर पनि बक्स अफिसको लक्ष्यभन्दा फिल्म धेरै कमजोर सावित भइसकेको छ।
'वर्ड अफ माउथ' नै नकारात्मेक पाएपछि जव ह्यारी मेट सेजल कसरी चल्थ्यो। त्यसमाथि क्रिटिकको कडा टिप्पणी। बक्स अफिस चाउरिसकेको छ फिल्मका लागि। चार दिनपछि बलिउड बादशाह शाखरुख खान र अनुश्का शर्माको जोडीले कूल ५२ करोड ९० लाख रुपैयाँ कलेक्सन गर्न सके। रक्षा बन्धनको चाँडमा फिल्मले जम्मा ७ करोड १५ लाख मात्र कमायो यो अघिल्ला दिनहरुभन्दा आधामात्र कमाइ हो। फिल्मले कुनै पनि दिन २० करोड छुन सकेन।
शाहरुखकै रइसको तुलनामा पनि यो खराब फिल्म सावित भयो। रइस उनको फ्लप फिल्म हो। आउँदो शुक्रबार शाहरुखको फिल्मले अक्षय कुमारको फिल्म ट्वाइलेट एक प्रेमकथाको सामना गर्नुपर्नेछ। पक्कै पनि यसले हल बाँढिनेछन्। अहिलेका लागि यतिमात्र हो कि शाहरुख खानको फिल्मले १०० करोड त कमाउँछ?