PahiloPost

Jun 24, 2025 | १० असार २०८२

डा केसीको समर्थनमा न्याम्स र गोदान आवद्द डाक्टर, हातमा कालोपट्टी बाँधेर सेवा दिने



पहिलोपोस्ट

डा केसीको समर्थनमा न्याम्स र गोदान आवद्द डाक्टर, हातमा कालोपट्टी बाँधेर सेवा दिने

काठमाडौँ: रेजिडेन्ड एसोसिएन अफ न्याम्सका डाक्टरहरुले डा. गोविन्द केसीका माग सम्बोधन नगरेसम्म आजदेखि हातमा कालोपट्टी बाँधेर सेवा दिने भएका छन् । न्याम्स र गोदानमा आवद्द डाक्टरहरुले प्रेस बिज्ञप्ति जारी गर्दै १६ दिनसम्म पनि सरकारले डा. केसीको माग पूरा गर्न ठोस कदम नचालेको भन्दै खेद प्रकट गरेका छन्।

वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायत न्याम्स अन्गर्गत अध्यापन गराइने सम्पूर्ण शिक्षण संस्थाहरुमा कालोपट्टी बाँधेर सेवा दिने विज्ञप्तिमा उल्लेख छ। डा. केसीको माग बिहीबारसम्म पूरा नगरे १० बजेदेखि ११ बजेसम्म सेवा बहिस्कार गर्ने बताइएको छ। त्यसै गरी २८ गतेसम्म माग पूरा नभए आकस्मिक सेवा बाहेक सबै सेवामा सहभागी नहुने उनीहरुले जनाएका छन्।

त्यसै गरी सरकारी चिकित्सक संघ, नेपाल (गोदान) ले  पनि डा. केसीका माग तत्काल पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्। गोदानले विज्ञप्ति जारी गर्दै साउन २५ गते देशभर कार्यरत सम्पूर्ण सरकारी चिकित्सकहरुलाई हातमा कालोपट्टी बाँधेर काम गर्न आग्रह गरेको छ।

डा.केसीको माग तत्काल पुरा नगरे अन्य विरोधका कार्यक्रम गर्ने चेतवनी गोदानले दिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell