PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

खुटीया नदीले बगाएर कैलालीमा एक जनाको मृत्यु



रासस

कैलाली :  कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ। 

धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको नदी तर्ने क्रममा बगाएर मृत्यु भएको हो। बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर उनको ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिए। 

नदीमा बगेको करिब डेढ घण्टापछि १०० मिटर तल बालकको शव फेला परेको जनाइएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell