PahiloPost

May 23, 2025 | १० जेठ २०८२

प्रज्ञा प्रतिष्ठानको हलभाडाबाट मात्रै तीन करोड आम्दानी



रासस

काठमाडौँ :  नेपाल प्रज्ञा प्रतिष्ठानले हल भाडाबाट मात्रै वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ। नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ। 

आर्थिक वर्ष २०७३/२०७४ मा कुल १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी तीन करोड ५० लाख आम्दानी थप गरी १४ करोड ६६ लाख खर्च गरेको लेखा शाखा प्रमुख सुमन अधिकारीले जानकारी दिए।

केही आम्दानी पुस्तक बिक्रीबाट पनि हुने गरेको छ। प्रतिष्ठानमा प्रेक्षालयसहित चार हल छन्। प्रतिष्ठानमा हाल १२२ जनशक्ति छन् । 

आउन थाले प्रतिवेदन 

प्रतिष्ठानबाट विभिन्न समयमा विद्वत्वृत्ति तथा लघु अनुसन्धानका लागि पेश्की लिएर समयमा प्रतिवेदन बुझाउन बाँकी लेखकले क्रमशः बुझाउन थालेका छन्। 

प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले विगतदेखिका कतिपय अनुसन्धान पूरा नभएकामा अब आउन थालेको बताए। अनुसन्धान प्रतिवेदन समयमा नबुझाउने प्रवृत्तिबारे राससले साउन ६ गते समाचार प्रकाशित गरेको थियो। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell