PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लमजुङको विद्युत सिधै केन्द्रीय प्रशारण लाइनमा, विद्युत कटौतीको समस्या समाधान हुने



रासस

लमजुङको विद्युत सिधै केन्द्रीय प्रशारण लाइनमा, विद्युत कटौतीको समस्या समाधान हुने

लमजुङ :  लमजुङमा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ। 

जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो।

हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्युत् केन्द्रीय प्रशारणमा पठाइएको थियो। मध्यमस्र्याङ्दीमा भने १२ एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ। 

बढी क्षमताको ट्रान्सफर्मर जोडिएपछि मध्यमस्र्याङ्दीबाटै केन्द्रीय प्रशारण लाइनमा पठाउने नेपाल विद्युत् प्राधिकरण, शाखा लमजुङका प्रमुख माधव न्यौपानेले जानकारी दिए। 

हालसम्म प्रशारण लाइनमा समस्या हुँदा उपभोक्ताले पनि समस्या भोग्दै आएका थिए। दैनिक २० देखि ३० पटकसम्म विद्युत् जाने आउने भएपछि समस्याको समाधानको लागि प्राधिकरणले ढल्केबरबाट नयाँ ट्रान्सफर्मर पठाएको हो। 

जिल्लामा बढी क्षमताको ट्रान्सफर्मर आएपछि जलविद्युत् उत्पादक साथै उपभोक्ता पनि खुसी भएका छन्। जिल्लामा ल्याइसकिएको नयाँ ट्रान्सफर्मर जडानका लागि भने केही हप्ता लाग्ने प्राधिकरणले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell