PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अब मुलुक आर्थिक विकासको बाटोमाः सञ्चारमन्त्री बस्नेत



रासस

अब मुलुक आर्थिक विकासको बाटोमाः सञ्चारमन्त्री बस्नेत

काठमाडौँ  : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिद्वारा उनी र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित स्वागत कार्यक्रममा मन्त्री बस्नेतले अब मुलुकको आर्थिक विकास राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्ने बताए। 

तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्दै  मन्त्री बस्नेतले यसका लागि कांग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्ने बताए।

उनले दुई नम्बर प्रदेशको निर्वाचनमा संविधान संशोधन गरेर भएपनि असन्तुष्ट पक्षलाईसमेत सहभागी गराउनका लागि सरकारले पहल गरिरहेको बताए।

कार्यक्रममा मन्त्री बस्नेत तथा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell