PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चीनको भूकम्पमा मर्नेको संख्या १३ पुग्यो



पहिलोपोस्ट

चीनको भूकम्पमा मर्नेको संख्या १३ पुग्यो
फोटो : South China Morning Post

बेइजिङ : चीनको दक्षिण पश्चिम प्रान्त सिचुवान केन्द्रित ७ म्याग्नेच्यूडको भूकम्पमा परी मर्नेको संख्या १३ जना पुगेको छ भने घाइते हुनेको संख्या १ सय ७५ पुगेको छ।

सरकारी अधिकारीहरु मृत्युको संख्या बढ्न सक्नेमा चिन्तित छन्। 

समाचार एजेन्सी सिन्हवाका अनुसार स्थानीय समय अनुसार राति ९:१९ मा भूकम्प गएको थियो। इपिसेन्टर जमीनभन्दा २० किलोमिटर तल रहेको बताइएको छ। 

पर्यटकीय गन्तव्यका रुपमा रहेको जुहाई भ्याली भूकम्पको केन्द्रविन्दु हो जहाँ भूकम्प गएको समयमा ३४ हजार पर्यटक पुगेका थिए। घाइते हुनेमा एक फ्रेन्च पुरुष र एक क्यनेडियन महिलासमेत छन्।

१८ वर्षका मेक्सेन्स वलनका दुवै खुट्टामा चोट छ, जबकि क्यानेडियन महिला जसको नाम खुलाइएको छैन, को टाउकोमा चोट लागेको छ। दुवैको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell