PahiloPost

Jun 24, 2025 | १० असार २०८२

फिल्म 'दि कर्मा' हिन्दी भाषामा पनि हुनेछ डब



पहिलोपोस्ट

फिल्म 'दि कर्मा' हिन्दी भाषामा पनि हुनेछ डब

काठमाडौं: फिल्मको मुख्य थिम र पोस्टर सार्वजनिक गर्दै 'दि कर्मा' निर्माण घोषणा भएको छ। तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित विषय उठान गरिने फिल्म बन्ने बारे बुधबार जानकारी दिइएको हो।

विश्वदिप घिमिरेको निर्देशनमा बन्ने फिल्म नेपाल र भारत सीमा क्षेत्रमा रहेका नेपालीहरुको जीवन कथामा आधारित रहेने बताइएको छ। फिल्ममा बलीउड तथा साउथ इन्डियन फिल्ममा सक्रिय कलाकार दिपक आनन्दको प्रमूख भूमिका रहनेछ। दिपकले 'लभ सब प्यार व्यार', 'अञ्जान', 'ह्यांग टिल डेथ' लगायतका टलीउड तथा मराठी फिल्ममा र विज्ञापनहरुमा अभिनय गरेका छन्। दिपकले भारतबाट नेपालको सीमा क्षेत्रमा बसोबास गरिरहेका युवा पात्रको भूमिका निभाउँदै छन्।



कार्तिक महिनाबाट छायांकनको लागि फ्लोरमा जाने फिल्ममा करण आहुजा, क्षितिजा शाक्यको पनि अभिनय रहनेछ। फिल्मका लागि नायिका भने टुङ्गो नलागेको जानकारी दिइयो। जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको प्रस्तुती 'दि कर्मा'को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ।

जय राज रोए र निशा खतिवडा निर्माता रहेको दि कर्मा नेपाली र हिन्दी भाषामा बन्नेछ। नेपाली भाषामा तयार हुने फिल्म हिन्दीमा डब गरिने बताइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell