PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

तेह्रथुमको घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा 



रासस

तेह्रथुमको घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा 

तेह्रथुम : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन्। 

सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन्। नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो झर्न थालेको छ। 

खहरेखोलामासमेत पानीको बहाव बढेको छ। बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम्तीचोक र बतासेका बासिन्दाको दुई दिनदेखि निद्रा हराएको छ। चार परिवार भने घर छाडेर छिमेकीको घरमा बसिरहेका स्थानीयवासी नरेन्द्र खापुङले जानकारी दिए। 

मंगलबार यहाँका बासिन्दाले जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत संघ संस्थालाईसमेत पहिरोले गाउँ नै जोखिममा पारेको बारे जानकारी गराएका छन्। 

पहिराले गाउँनै जोखिममा पारेको भन्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। उनले सचेत भएर बस्न स्थानीयवासीलाई सूचना जारी गरेको जानकारी दिए।

घुम्तीचोक भएर जिरीखिम्तीदेखि मोराहाङ, श्रीजुङ, पौठाकबाट सम्दु जोडिने सडक निर्माण भइरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell