PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अझै १२० नगरपालिका निमित्तको भरमा, सामान्यले कर्मचारी नपठाउँदा समस्या



रासस

अझै १२० नगरपालिका निमित्तको भरमा, सामान्यले कर्मचारी नपठाउँदा समस्या
फोटो श्रोतः moga.gov.np

काठमाडौँ : अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन्। नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन्। 

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा ती नगरपालिका निमित्तका भरमा सञ्चालन भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी शाखाका प्रमुख भरतकुमार शर्माले जानकारी दिए। उनले  सामान्यसँग पटक–पटक माग्दा पनि कर्मचारी नपठाएको गुनासो गरे। 

‘हामीले स्थानीय तहको निर्वाचन भएपछि कर्मचारी माग गरेका हौँ’ उनले भने,‘अहिलेसम्म दुईपटक चिठी पठायौँ। तर सामान्यले अझै कर्मचारी पठाएको छैन।’ 

स्थानीय विकास मन्त्रालयले जेठ १२ र साउन १९ गते दुईपटक १२० नगरपालिकाको कार्यकारी अधिकृतका लागि उपसचिव माग गरेको थियो । 

यता सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अपुग कर्मचारी पठाउने तयारी भइरहेको बताए। यसैगरी महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत हुने व्यवस्था भए पनि वीरगञ्ज र विराटनगरमा उपसचिवस्तरका कर्मचारी कार्यकारी अधिकृत रहेका छन्। 

उपसचिव शर्माले ती महानगर ढिलो घोषणा गरिएको हुनाले उपसचिव नै कार्यकारी अधिकृत भएको बताए। उनले चाँडै नै ती दुई महानगरमा सहसचिव पठाउने तयारी भइरहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell