PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

लागूऔषध मुद्दामा १४ वर्षदेखि फरार महिला पक्राउ



रासस

लागूऔषध मुद्दामा १४ वर्षदेखि फरार महिला पक्राउ

मोरङ  : लागूऔषध मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी छिन्। उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिए। 

अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ। अदालतले लागूऔषध मुद्दामा २०६० साल कात्तिक १९ गते साहलाई ११ महिना १९ दिन कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell