PahiloPost

Jun 24, 2025 | १० असार २०८२

दोस्रो रिलिज टार्गेट मिट गर्न 'जोनी जेन्टलम्यान' युनिटको प्रचार



पहिलोपोस्ट

दोस्रो रिलिज टार्गेट मिट गर्न 'जोनी जेन्टलम्यान' युनिटको प्रचार

काठमाडौं: फिल्म जोनी जेन्टलम्यानले जेठ १९ लाई रिलिज टार्गेट गरेको थियो। त। जेठमा फिल्म प्रदर्शन भएन। फिल्म युनिटले पोस्टर रिलिजसँगै नयाँ रिलिज डेट तय गरेको छ। फिल्म आउँदो भदौ ३० गतेबाट प्रदर्शनमा आउने भएको छ।

चुनावी माहोलका कारण युनिटले फिल्म रिलिज पछि सारेको बताएको छ। प्रदेश नं २ को चुनाव असोज २ गतेका लागि तय भएको छ। जुन मिति फिल्मको रिलिज टार्गेट नजिक छ। पुन: उक्त चुनावको बहाना फिल्म प्रदर्शन पछाडी त धकेलिंदैन? के फिल्मले दोस्रो रिलिज डेटमा फिल्म सार्वजनिक गर्ला?



फिल्ममा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा रहेका छन्। अब युनिट मुख्य कलाकार सहित प्रचार प्रसारमा तिब्र बन्ने निर्माण युनिटका तर्फबाट नितिन चन्दले बताए। जसको लागि फिल्मको दोस्रो पोस्टर सार्वजनिक भयो। नयाँ पोस्टरलाई टौवा क्रियसनले तयार गरेको हो।

रिभेन्ज लभस्टोरीमा मुख्य पात्र जोनीको व्यवहारिक परिवर्तनसँगै आँचलसँगको प्रेम कथा मुख्य विषय हो। युट्युबमा नेपाली सर्ट फिल्मका लागि चर्चामा रहेको योर स्टाइलको यो पहिलो फिचर फिल्म हो। नितिन चन्द निर्देशित फिल्मलाई एनड्रिउ पौडेलले निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell