PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

जनप्रतिनिधिलाई झलनाथको आग्रहः जनभावनाअनुसार काम गर्नुस्



रासस

जनप्रतिनिधिलाई झलनाथको आग्रहः जनभावनाअनुसार काम गर्नुस्

इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनभावनाअनुसार स्थानीय तहमा काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्। 

एमाले १ नं। प्रदेश कमिटीले इलाम सदरमुकाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता खनालले जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेकाले सोहीबमोजिम काम गर्न आग्रह गरे।

खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको अवस्थामा सबै प्रदेशबाट एमाले पहिलो पार्टी हुने दाबी गरे। उनले सरकारले प्रदेश र सङ्घको निर्वाचन मिति तोक्न ढिलाई गरेकामा आपत्ति जनाए। 

निर्वाचनपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउँदै खनालले राष्ट्रलाई समुन्नत बनाउने खालका अग्रगामी योजना ल्याउनसमेत जनप्रतिनिधिलाई आग्रह गरे। 

प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ बाट स्थानीय तहमा निर्वाचित तीन सय भन्दा बढी जनप्रतिनिधिको सहभागिता छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell