PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बाबा रामदेवको बलिउडमा डेब्यु



पहिलोपोस्ट

बाबा रामदेवको बलिउडमा डेब्यु

बाबा रामदेव केही समय यता व्यवसायका कारण चर्चामा छन्। अब भने उनको चर्चा योगा र व्यवसायिक ब्रान्डमा सिमित नहुने भएको छ। केही रियालिटी शोहरुमा अतिथि निर्णायकका रुपमा देखिएका उनी लाइफ ओकेमा सुरु हुन लागेको ॐ शान्ति ॐ मा निर्णायक प्यानलमा रहने खबर नसेलाउँदै नयाँ खबर सार्वजनिक भएको छ। उनले बलिउड डेब्यु गर्दैछन्। फिल्म 'ए हे इन्डिया'मार्फत अभिनयमा देखिन लागेका हुन्।

राष्ट्रभक्ति कथामा आधारित फिल्मको गीतमा उनको मुख्य फिचरिङ रहने भएको हो। गीतको बोल रहेको छ 'सैंया सैंया' तापेश पन्वारको कथामा बन्न लागेको फिल्मलाई लोम हर्शले निर्देशन गर्दैछन्। फिल्मले २५ वर्षिय गैर आवसायि भारतिय युवाको कथा बोल्छ। जहाँ उसले भारत बारे बनाएको धारणा परिवर्तन गर्छ। फिल्म निर्माता रहेका संदिप चौधरीले रामदेव फिल्ममा फिचरिङका लागि सकारात्मक रहेको बताए। चौधरी भन्छन्,'उनको डेब्यु बलिउड प्रचारको लागि निकै बलियो माध्यम बन्छ।'

अन्य कलाकार ग्याभी छाहल र दियाना उप्पालको मुख्य अभिनय रहेको छ। फिल्मको राजस्थान, बिहार, मध्यप्रदेश र गुजरातमा छायाँकन गरिने मुम्बइ मिररले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell