PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रचण्ड भन्छन्–राजपा निर्वाचनमा नआए उसका लागि आत्मघाती 



रासस

प्रचण्ड भन्छन्–राजपा निर्वाचनमा नआए उसका लागि आत्मघाती 

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताएका छन् । 
प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको बताए। 

प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै प्रचण्डले एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिने बताए ।  

उनले केन्द्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने विभिन्न विकल्पमा दलबीच छलफल भइरहेको र छिट्टै सहमतिमा पुगेर निर्वाचन घोषणा हुने बताए। 

प्रचण्डले प्रत्यक्षतर्फका उम्मेदवारले प्राप्त गरेका मतलाई पनि समानुपातिकको मान्ने, धेरै मतदाता भएका मतदान केन्द्रमा बुथ संख्या थप्ने र एकै चरणमा निर्वाचन गर्न सकिने विकल्पहरुमा छलफल भइरहेको जानकारी दिए। 

पार्टी संगठन कमजोर र फुटका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसिकएको बताए।

तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता दल पनि सहभागी हुने विश्वास व्यक्त गर्दै प्रचण्डले राजपा निर्वाचनमा नआए उसका लागि राजनीति आत्मघाती हुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell