PahiloPost

Jun 24, 2025 | १० असार २०८२

अब खेल मिलेमतो गरे मुद्दा लाग्ने



पहिलोपोस्ट

अब खेल मिलेमतो गरे मुद्दा लाग्ने
इराक र नेपालबीच भएको खेलमा कप्तान सागर थापा (रातो जर्सीमा) फाइल फोटो

काठमाडौं : म्याच फिक्सिङ अर्थात खेल मिलेमतो गरेमा अब मुद्दा लाग्ने भएको छ। बुधबार पास भएको मुलुकी अपराध संहिताले पहिलो पटक खेल मिलोमतो गरेमा मुद्दा लाग्ने व्यवस्था गरेको हो। तर यो अहिल्यै लागु भने हुँदैन। २०७५ भदौ १ देखि लागू हुने गरी उक्त व्यवस्था गरिएको छ।

यसअघि म्याच फिक्सिङमा सामेल भएको भन्दै नेपालका एक कोचसहित पाँच खेलाडीलाई पक्राउ गरिएको थियो। उनीहरुलाई नेपालले खेलेको फुटबलमा म्याच फिक्सिङ गरेको भन्दै कानुनी आधारबिनै मुद्दा चलाइएको थियो।

तर राज्यविप्लव विरुद्धको मुद्दा चलाइएका उनीहरु विशेष अदालतबाट धरौटीमा रिहा भएका थिए।

गत वर्ष फागुनमा म्याच फिक्सिङ गर्नेलाई कानुनी कारवाही गर्न भन्दै विधेयक दर्ता गरिएको थियो र अहिले सोहि विधेयकलाई पारित गर्दै मुद्दा लाग्ने व्यव्था गरिएको हो।

२०७२ असोज २७ गते नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई काठमाडौँबाट पक्राउ गरिएको थियो।

एसियाली फुटबल महासंघ एएफसीले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरमा आजिवन प्रतिवन्धको घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell