PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

फिलिपिन्समा सैनिक कानुनले मानवअधिकार हननका घटना बढाएको आरोप



रासस

फिलिपिन्समा सैनिक कानुनले मानवअधिकार हननका घटना बढाएको आरोप
फोटो श्रोतः ktla.com

मनिला :  फिलिपिन्समा त्यहाँको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन अधिकार दिएसँगै नागरिक अधिकार हननका घटनामा वृद्धिभएको आरोप लगाइएको छ। 

संसदले दुई हप्ताअघि राष्ट्रपतिलाई सो कानुन लम्ब्याउने अनुमति दिएको थियो। त्यसयता यहाँको सेनाले कम्युनिष्ट विद्रोहीमाथि कारबाही गर्ने निहूँमा ज्यादति गरेको बताइएको छ। 

उक्त क्षेत्रमा यसवर्षको सुरुदेखि सैनिक शासन लाग्दै आएको छ। यहाँका अधिकारवादीहरुले उक्त निर्णयको विरोध गर्दै आएका थिए। सैनिक शासनको अवधि थप बढाउनका लागि राष्ट्रपतिले संसदसँग अधिकार मागेका थिए। 

फिलिपिन्समा लामो समयदेखि हिंसा जारी छ । यहाँका कम्युनिष्ट विद्रोहीहरुले सशस्त्र विद्रोह गर्दै आएका छन्। यहाँको हिंसालाई संसारको लामो समयसम्म चलेको विद्रोहका रुपमा लिने पनि गरिन्छ। 

उनीहरुलाई शान्ति वार्ताका लागि सरकारले बारम्बार आग्रह गरेको भए पनि वार्तामा बस्न मानेका छैनन्। यसअघि पनि समय समयमा वार्ता भए पनि सफल हुन सकेको छैन। 

सैनिक शासनको विरोध गर्दै आएका कम्युनिष्ट विद्रोहीहरुले विरोधस्वरुप केही हप्तामात्र अघि राष्ट्रपति रोदरिगो दुतेर्तेको सवारीमाथि हमला गरेका थिए। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell