PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

पाकिस्तानमा आतङ्ककारी हमलामा चार सैनिकको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा आतङ्ककारी हमलामा चार सैनिकको मृत्यु

इस्लामावाद:  उत्तरपश्चिमी पाकिस्तानमा बुधबार बिहान सबेरै भएको दोहोरो गोली हानाहानमा परी एक वरिष्ठ सैनिक अधिकारीलगात चारको मृत्यु भएको छ।

खैबर पाख्तुनख्वा प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारीहरु लक्षित जारी सुरक्षा कारबाहीको क्रममा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडपको क्रममा चार सैनिकको मृत्यु भएको छ।

सुरक्षा कारबाहीमा संलग्न सुरक्षा समूहमाथि आतङककारी समूहले सुरु गरेको गोली प्रहारपछि झडप सुरु भएको थियो।

त्यहाँ रहेका दुई आत्मघाती आक्रमणकारीमा एक भने आफै गरेको आत्मघाती आक्रमणमा मारिएका छन भने अर्को एक भने दोहोरो गोली प्रहारका क्रममा सुरक्षा अधिकारीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो।

यस आतङ्ककारी आक्रमण एक वरिष्ठ अधिकारीसहित चार सैनिकले ज्यान गुमाएका सैनिक स्रोतले जानकारी दिएको छ। आक्रमणको कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएका छैनन्।

खैवर पाख्तुनख्वा प्रान्तको दिर जिल्लामा तेहरिक ई तालिवान पाकिस्तानको पहिलैदेखि नै सक्रिय रहदै आएको पाइन्छ।

यद्यपी अफगानिस्तानको सीमा क्षेत्रमा रहेको यो इलाका सुरक्षा अधिकारीहरुले जारी राखेको कारबाहीको क्रममा आतङ्ककारीहरु सङ्ख्या घैरै कम भएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell