PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पर्सामा हात्तीको आक्रमणबाट ११ वर्षीय बालकको मृत्यु



राधेश्याम पटेल

पर्सामा हात्तीको आक्रमणबाट ११ वर्षीय बालकको मृत्यु

वीरगञ्जः हात्तीको आक्रमणबाट पर्साको सुवर्णपुर गाउँपालिका वडा नम्बर २ इच्छानगरका जुठे प्रजाका ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको छ। 
चितवन राष्ट्रिय निकुञ्जबाट राति गाउँ पसेको हात्तीको बथानले प्रजालाई आक्रमण गरेको थियो। 

घरदेखि दुई सय मिटर पर बारीमा प्रजा हात्तीको आक्रमणबाट मारिएको अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए।

हात्तीको आक्रमणबाट यस क्षेत्रमा  प्रत्येक वर्ष ३र४ जनाको मृत्यु हुने गरेको भएपनि हात्ती नियन्त्रणका लागि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयवासिन्दा आक्रोसित बनेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell