PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानमन्त्रीको आग्रहः सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउनुस्



रासस

प्रधानमन्त्रीको आग्रहः सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउनुस्

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गरेका छन्। 

विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गरेका हुन्।

विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिन पनि प्रधानमन्त्री देउवाले आग्रह गरे । उनले भने, ‘विकासका दृष्टिले सधैंं पछाडि परेको क्षेत्रको विश्वविद्यालयले आफ्ना योजनाअनुसार कार्यक्रम अघि बढाओस्, सरकार आवश्यक सहयोग गर्न तयार छ।’

उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विश्वविद्यालयका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि सरकार सकारात्मक रहेको बताए। 

बहुविश्वविद्यालयको अवधारणा बमोजिम २०६७ सालमा कञ्चनपुरको पुनर्वासमा रहेको ६२ बिगाहा जमिनमा स्थापित विश्वविद्यालयले व्यवस्थापन, मानविकी, शिक्षा र सामाजिक शास्त्र संकायमा स्नातक र स्नातकोत्तर तथा इञ्जिनियरिङ र विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ। 

विश्वविद्यालयले गत आर्थिक वर्षमा १५ वटा क्याम्पसलाई आंगिक बनाउन १९ करोड विनियोजन गरेकामा दरबन्दी प्राप्त नभएकाले रोकिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell