PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते



रासस

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते
फोटो श्रोतः thestar.com

चीन :  दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा मङ्गलबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ। 

उद्वार कार्य जारी रहेको र बिहीबारसम्ममा १९ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी भूकम्पमा परी ३४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम जारी रहेको पनि अधिकारीहरुले जनाएका छन्। 

यसैबीच, सिचुवान क्षेत्र पर्यटकीय इलाका भएकाले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन्। 
त्यहाँबाट ५० हजार भन्दा बढी पर्यटक अन्यत्रै लागेका समाचारमा जनाइएको छ । 

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अतिनै प्रभावित हुने गरी मङ्गलबार राती सात म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो। 

उद्वारकर्मीहरुद्वारा दिइएको पछिल्लो जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 

मङ्गलबार राति गएको शक्तिशाली भूकम्पपछि अर्को ठूलो शक्तिशाली धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। सो क्षेत्रमा २४ घण्टामा दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश भएकोले स्थानीयमा त्रास फैलिएको थियो। 

पछिल्लो धक्का ६.३ म्याग्नीच्युडको आएको थियो। भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell