PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

छुट्टाछुट्टै दुर्घटनामा सप्तरीमा एक बालिकासहित दुईजनाको मृत्यु



रासस

छुट्टाछुट्टै दुर्घटनामा सप्तरीमा एक बालिकासहित दुईजनाको मृत्यु

राजविराज : सप्तरीका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिम गइरहेको ना५ख ५०६१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स८प १३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहा धनगढी नगरपालिका–५ का २५ वर्षीय सशस्त्र प्रहरी जवान सोमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो। 

त्यस्तै सप्तरीकै सुरुंगा नगरपालिका–८ स्थित भित्री सडकखण्डमा ना३ख १६२९ नम्बरको सुनौलो बोर्डिङको बसले ठक्कर दिँदा सोही बोर्डिङकी विद्यार्थी छ वर्षीया निश्चल साहको मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell