PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

केन्यामा विपक्षी दलद्वारा मतगणना प्रक्रियाको विरोध, झडपमा चार जनाको मृत्यु



रासस

केन्यामा विपक्षी दलद्वारा मतगणना प्रक्रियाको विरोध, झडपमा चार जनाको मृत्यु
फोटो श्रोतः nationalpost.com

नैरोबी : केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ। 

मतगणना मङ्गलबार रातिबाट सुरु भएको थियो। तर बुधबार अपरान्हबाट केन्याली वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि विवाद सुरु भएको हो। 

मतगणना जारी नै रहेका बेला विपक्षीहरुले मतगणना प्रक्रियाको विरोध गरेका छन्। उनीहरुले निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका छन्। 

वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता लिएपछि अर्का उम्मेदवार राइला ओडिङ्गाले असहमति जनाएक छन्। यस विवादका क्रममा यहाँ चार जनाको मृत्यु भएको छ । 

निर्वाचनमा धाँधली भएको प्रमाण आफूहरुले भेटेको भन्दै विपक्षी उम्मेदवार राइलाका समर्थकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

यहाँ करिब ९६ प्रतिशत मतगण भैसकेको छ। त्यस समयसम्मको गणनामा हालका राष्ट्रपति उहुरु केन्याटाले ५४ प्रतिशत र निकटतम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले भने ४४.७ प्रतिशत मात्र मत प्राप्त गरेका छन्।

ओडिङ्गाले बुधबार अपरान्ह नै पत्रकार सम्मेलनको क्रममा निर्वाचन परिणाम नक्कली र धाँधलीपूर्ण भएको आरोप लगाएका छन्। 

केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ। धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन्। 

निर्वाचनमा एक करोड ९० लाखभन्दा बढी मतदाताले मतदानको लागि नाम दर्ता गराएका थिए। 

अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार १०० जनाको मृत्यु हुनुको साथै अन्य छ लाख नागरिक विस्थापित हुनुपरेको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell