PahiloPost

Jun 24, 2025 | १० असार २०८२

किन उभियो राप्रपा संविधान संशोधनको विपक्षमा ?



पहिलोपोस्ट

किन उभियो राप्रपा संविधान संशोधनको विपक्षमा ?

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेकका विपक्षमा मतदान गर्ने बताएका छन्।

रिपोर्टर्स क्लवको साक्षात्कारमा अध्यक्ष थापाले विधेयक संसदमा निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने बताएका हुन्। 

उनले भने,‘यो सरकारले संविधान संशोधन नै गर्न चाहेको छैन, संशोधन प्रस्ताव पेश हुने विषय हावादारी हो। कथंकदाचित् पेश भए राप्रपाले विपक्षमा मतदान गर्छ।’ 

थापाले समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाए। संविधान संशोधनका नाममा सरकारले ध्रुवीकरण बढाएको आरोप लगाउँदै थापाले भने,‘देशको राजनीति राष्ट्रवादी र आत्मसमर्पणवादी गरी दुई ध्रुवमा विभाजित भइरहेको छ। हामी राष्ट्रवादी हौं र वर्तमान सरकारमा भएकाहरू आत्मसमर्पणवादी हुन्।’ 

आफूमाथि पशुपतिशम्सेर राणाले सत्तालोलुप भनी लगाएको आरोपको थापाले प्रतिवाद गरे। गणतन्त्र आएपछि आफू दुईवटा सरकारमा मात्र सहभागी भएको उल्लेख गर्दै भने,‘प्रचण्डजीले सरकार नछाड्नुहोस् भन्दा पार्टी हितका लागि छाडेको हुँ। शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालयको प्रस्ताव गर्दासमेत नगएको हुँ। म कसरी सत्तालोलुम भएँ ?’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell