
फिल्म वान्टेडमा सलमान खानको एउटा चर्चित डायलग सम्झिनुस् त - "एक बार जो मे ने कमिटमेन्ट कर दि, फिर मे अपने आप कि भी नही सुनता।"
सलमानले फैसला लिएका छन् एउटा फरक। बलिउडका सुपरस्टारले फिल्म ट्युलाइटका वितरकले बेहोरेको घाटाको क्षतिपूर्ति बुझाउने कमिटमेन्ट गरेका हुन्। उनले सकेको छिटो वितरकलाई घाटाको रकम बुझाउने छन्।
नरेन्द्र हिरावतले १ सय ३० करोडमा फिल्म किनेर वितरणको जिम्मा लिएका थिए। उनीसँग सलमान बस्दैछन्। उनीहरुबीच भेट हुनुपूर्व सलमानको ग्यालेक्सी अपार्टमेन्टमा सलमान खान प्रोडक्सन टीमसँग उनको कुराकानी भइसकेको छ।
स्रोतका अनुसार सलमान र उनको परिवारले क्षतिको ५० प्रतिशत रकम फिर्ता दिनसक्छन्।
सलमान खानको बलिउड क्रेजलाई आधार मानेर महँगोमा फिल्म किनेका डिस्ट्रिव्युटर फिल्म फ्लप भएसँग नराम्ररी डुबेका थिए।
सलमानले उनीहरुसँगको पहिलो भेटमा नै घाटा पुर्याएकोमा दु:खी भएको बताएका थिए।