
काठमाडौ : फिफा वरियातामा नेपाल एक स्थान माथि उक्लिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहिबार जारी गरेको अगष्ट महिनाको वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६९ स्थानमा उक्लिएको छ।
दक्षिण एसियामा नेपाल भारत, मालदिभ्स र भुटान भन्दा पछाडि छ। एक स्थान तल झरेको भारत दक्षिण एसियामा सबैभन्दामाथि ९७ स्थानमा छ। माल्दिभ्स १४३ औै स्थानमा यथावत छ भने एक स्थान तल झरेको भुटान १६५औं स्थानमा छ। नेपाल भन्दा पछाडि बंगलादेश पाकिस्तान र श्रीलंका छ।
ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियातामा शीर्ष स्थानमा उक्लिएको छ। जर्मनी दोस्रोमा झरेको छ भने अर्जेन्टिना तेस्रो स्थानमा यथावत छ। यस्तै स्वीटजरल्याण्ड र पोल्याण्ड समान एक स्थान सुधार गर्दै क्रमश: चौथो र पाँचौ स्थानमा उक्लेको छ।