PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम फेला



रासस

जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम फेला

टोकियो :  जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा भेटिएको छ। 

दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो। 

सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो। बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो। 

जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ। 

केन्द्र परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ। 

सुरुमा शङ्कास्पद वस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो बस्तु नपड्किएको बम नै रहेको भनी पत्तालागेको परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन्। 

उक्त बम ८५ सेन्टिमिटर लामो छ। जमिनमुनी पुरिएको अवस्थामा सो वस्तु रहेको थियो। 

प्रहरीले अुनसन्धानकर्ताहरुसमेत लगाएर गरेको अनुसन्धानबाट सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ। 

उक्त अणुउर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भीषण भूकम्प र सुनामीका कारण फुटेको थियो। त्यसपछि उक्त केन्द्र आंशिक रुपमा मात्र सञ्चालनमा छ। 

केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि उक्त क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell