PahiloPost

Nov 9, 2025 | २४ कात्तिक २०८२

जोर्डन सीमानजिकै रहेको स्वेइदा प्रान्त सिरियाली सैनिकको कब्जामा



रासस

जोर्डन सीमानजिकै रहेको स्वेइदा प्रान्त सिरियाली सैनिकको कब्जामा
फोटो श्रोतः almasdarnews.com

दमासकस :  सिरियाली सैनिकले जोर्डनको सिमानामा रहेको दक्षिणी स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिएको बिहीबार जानकारी दिएको छ। 

दक्षिण सिरियाको ग्रामीण इलाकामा रहेको स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिइएको आधिकारीक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ। 

सिरियाली सुरक्षाबलले स्वेइदास्थित सवै सीमा इलाका र यहाँ रहेका प्रहरी चौकीहरु पनि कब्जा गरेको नाम नबताउने शर्तमा समाचार स्रोतले जानकारी दिएको छ। 

स्वेइदाको जोर्डनसँगको सीमा इलाकामा औपचारिक रुपमा सरकारको उपस्थिति रहेको थिएन। तर दक्षिणमा पर्ने दराआ क्षेत्रमा सीमा पार गर्नको लागि औपचारिकता पूरा गर्नुपर्ने प्रावधान रहेको छ। 

त्यसैकारण सिरियामा जारी युद्धको क्रममा देशको ग्रामीण क्षेत्रमा पर्ने स्वेइदा जोर्डन जाने गैरकानूनी बाटोको रुपमा प्रयोग हुदै आएको छ। 

सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको छ। 

आतङ्ककारी समूह इस्लामिस्क स्टेट्स (आइएस) र अल कायदा जस्ता समूहसमेत हाल सिरियामा हाबी हुदै आएका छन्। आतङ्ककारी समूहले सिरियाका कैयौँ प्रान्त र इलाका कब्जा गरेका छन्। 

यद्यपी यी मध्येका इलाकाहरुलाई कैयौँ स्थानमा नियन्त्रणमा लिन सिरियाली सैनिक सफल भएको छ। 

सन् २०११ बाट हालसम्म जारी यस द्वन्द्वमा सिरियामा ३ लाख २० हजार भन्दा बढी व्यक्ति मारिएका छन्। 
त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका र लाखौँ आफ्नै देशभित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell