
कालीकोट : जिल्ला समन्वय समिति कालीकोटमा नेकपा माओवादी केन्द्रको समूह विजयी भएको छ।
बिहीबार भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाही ११ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर शाहीले छ मत प्राप्त गरेका थिए।
त्यसैगरी उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी भएकी छन् भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी भएका छन्।रासस